Section 8
समितिको गठन –
(१) मुक्त कमैयालाई पुनस्र्थापना गर्ने सम्बन्धमा जिल्ला स्तरमा काम गर्नको
लागि नेपाल सरकारले तोकिदिएको जिल्लामा मुक्त कमैया पुर्नस्थापना तथा अनुगमन समिति
रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ ः–
(क)
जिल्ला समन्वय समितिको प्रमुख – अध्यक्ष
(ख) जिल्ला प्रहरी कार्यालयको प्रमुख – सदस्य(ग) जिल्ला शिक्षा कार्यालयको प्रमुख – सदस्य
(घ) जिल्ला प्रशासन कार्यालयको अधिकृत – सदस्य
(ङ) जिल्ला वन कार्यालयको प्रमुख – सदस्य
(च) जिल्ला भूमिसुधार कार्यालयको प्रमुख – सदस्य
(छ) श्रम कार्यालय रहेको जिल्लामा सो कार्यालयको प्रमुख– सदस्य
(ज) जिल्ला कृषि विकास कार्यालयको प्रमुख – सदस्य
(झ) जिल्ला स्तरमा रहेका बैंकिङ्ग कार्यालयका
प्रमुखहरुमध्येबाट एकजना – सदस्य
(ञ) जिल्ला स्तरका किसान सम्बन्धी संघ संगठनहरुमध्येबाट एकजना–सदस्य
(ट) टे«ड यूनियन सम्बन्धी संघ संस्थाहरुमध्येबाट बढीमा तीन जना –सदस्य
(ठ) कमैया श्रमिक सम्बन्धमा काम गरेका गैर सरकारी
संस्थाहरुमध्येबाट एकजना –सदस्य
(ड) मुक्त कमैयाहरुमध्येबाट एकजना –सदस्य
(ढ) कल्याणकारी अधिकृत –सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरुको
मनोनयन समितिको अध्यक्षले गर्नेछ र निजहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम
हुनेछ ।